Aru Juni

Aru Juni Lyrics

संसार नै बदलियो तिम्रो मेरो आखा भेट्दा
हजारौ भवना हरु तिम्रै नाम गरु
जून तारालाइ नै हेर्दै तिम्रै बारे भन्छु
कोइ बेला घर भन्ने एउटा मानिस मै पाउँदो रैछ

तिम्रो माया मलाई बिगतको उपचार भयो
तिम्रो हासोले नि आँखालाई नि सितलता नै दियो

अरु जुनी को के नै भर
साथ् हुदा दिउला माया
घमैलो दिनमा तिमी मेरो म तिम्रो छाया
अरु जुनी को के नै भर
साथ् हुदा दिउला माया
तर हुनु मेरै हरेक जुनी
फर्की फर्की

छैन त्यो आँखा समुन्द्र को रंग जस्तै
तर डुबी जान्छु जहिले
सोचेकै थिन कहिले
थाहै थिएन मायाको
नि आवाज हुन्छ
सुन्न पाए तिम्रो हसाइमा
पाए आफुलाई तिमीमा

तिम्रो माया मलाई नि
मिठो सपनीको कारण भयो
तिम्रो बोलाई ले नै
मुटुलाई सितलता नै दियो

अरु जुनी को के नै भर
साथ् हुदा दिउला माया
घमैलो दिनमा तिमी मेरो म तिम्रो छाया
अरु जुनी को के नै भर
साथ् हुदा दिउला माया
तर हुनु मेरै हरेक जुनी
फर्की फर्की

Share this!